Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज देखी हजारको नयाँ नोटमा राम लक्ष्मणको चित्र

आज देखी हजारको नयाँ नोटमा राम लक्ष्मणको चित्र

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ७, २०७७ बुधवार • १०:१३:२८ बजे
  • 3.0K
    SHARES
  • आज देखी हजारको नयाँ नोटमा राम लक्ष्मणको चित्र
    नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएका राम लक्ष्मण नामक हात्तिको चित्र भएको रू. १००० को नयाँ नोट चलचलनमा ल्याएको छ । 

    केन्द्रीय बैंकले मंगलवार एक सूचनामार्फत नयाँ नोट बुधबारदेखि चलनचल्तीमा जानकारी दिएको हो ।
    नोटमा साबिकको हात्तीको तस्वीरभन्दा नयाँ हात्तीको तस्वीर राख्न लागिएको हो । बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईओटा हात्तीको फोटो हुनेछ ।’ 

    note_1.jpg

    बुधवारदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology