पोखरा - विदेशबाट फर्किएका यात्रुसँग धेरै भाडा लिने यातायातका कर्मचारीलाई प्रहरीले पक्राउ गरेका छन । काठमाडौंको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका कर्मचारी तेब्बर भाडा उठाइरहेको भेटेपछि ट्राफिक प्रहरीको फन्दामा परेका हुन् ।
बा।४ख ४९३ नम्बरको बसमा बागलुङ जाने यात्रुसँग तेब्बर चौरल भाडा उठाइरहेका स्याङ्जा चापाकोट ७ घर भएका ३० वर्षीय मिलन सारु मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
९ सय भाडा तोकिएकोमा उनले ३ हजार देखी ४ हजारसम्म भाडा लिएको भेटिएको थियो । बससहित उनलाई पनि महानगरीय प्रहरी वृत महाराजगञ्जमा नियन्त्रणमा राखिएको छ ।