Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाँकेमा बुधबार राति र बिहीबार विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा बुधबार राति र बिहीबार विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २३, २०७८ बिहिवार • १०:०२:०४ बजे
  • 826
    SHARES
  • बाँकेमा बुधबार राति र बिहीबार विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु

    बाँके - बाँकेमा बुधबार राति र बिहीबार विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका छन् ।

    images

    बाँकेको नरैनापुर गाउँपालिका १ बाँकेका ५६ वर्षीय पुरुषको विहीबार बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका १९ का ७७ वर्षीय पुरुषको विहीबार विहान साढे ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

    नेपालगञ्ज १० का ७८ वर्षीय पुरुषको भेरी अस्पतालमा गएराति १ः४० बजे मृत्यु भएको छ । नेपालगञ्ज १० कै ७८ वर्षीया महिलाको बुधबार साँझ साढे ७ बजे मृत्यु भएको छ ।

    बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १२ का ४५ वर्षीय पुरुषको बुधबार साँझ सवा ६ बजे, नेपालगञ्ज १ का ५८ वर्षीय पुरुषको बुधबार राति १० बजे, नेपालगञ्ज १० का २७ वर्षीय पुरुषको बुधबार राति २२ः२० बजे र नेपालगञ्ज उपमहानगरपालिका ४ बाँकेका ५५ वर्षीय पुरुषको बुधबार मध्यराति साढे १२ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

    यसैगरी भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षीया महिलाको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १२७ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology