Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोठमा आइसोलेनसमा बसेका एक संक्रमित युवकले गरे आत्महत्या

गोठमा आइसोलेनसमा बसेका एक संक्रमित युवकले गरे आत्महत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २३, २०७८ बिहिवार • १०:०४:३१ बजे
  • 985
    SHARES
  • गोठमा आइसोलेनसमा बसेका एक संक्रमित युवकले गरे आत्महत्या

    चितवन । चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका छन् ।

    images

    इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले दिएको जानकारी अनुसार माडी नगरपालिका वडा नं। ३ बगैचा टोलका ३५ वरषीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो ।

    यही वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई झाडापखलासमेत लागेको जनाइएको छ ।

    घटनाबारे जानकारी पाएपछि अहिले माडी नगरपालिकाका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, स्वास्थ्य कार्यालयका प्रतिनिधिसहित शवको पोष्टमार्टम एवम् व्यवस्थापनबारे छलफल भैरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology