Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव

बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २३, २०७८ बिहिवार • १०:१५:५१ बजे
  • 1.4K
    SHARES
  • बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव

    बुटवल - बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको छ । विहीबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले  अक्सिजनको अभाव हुन थालेको बताएका हुन् ।यो समाचार रातोपाटीमा लेखिएको छ ।

    images

    बुधबार साँझ ६० वटा सिलिन्डर झारिएकोमा अब १० वटा मात्रै जडान गर्न बाँकी रहेको बताउँदै त्यसले आज दिउँसोसम्म मात्रै पुग्ने डाक्टर गौतमले बताए । कोरोना बिशेष अस्पतालमा ;दैनिक १ सय ५ सिलिन्डरले थेग्दै आएकोमा अहिले माग बढेर ५ सय सिलिन्डर पुगेको बताउँदै उनले आपुर्ति कम हुँदै गएको समस्या सुनाए ।

    ;सिडिओसावलाई जानकारी गराइएको छ । प्रदेशका स्वास्थ्यमन्त्री ज्यु पनि भर्खरै हुनु भएकोले अलमलको अवस्था छ ;डाक्टर गौतमले भने दाङ्गमा एक हप्ताअघि अक्सिजनको अभावमा भयावह स्थित आएको थियो । अब बुटवलमा पनि त्यस्तो स्थिति नआउला भन्न सकिन्न। ;

    विरामीहरु बेड अभावमा भुईँमा लडिरहेको दृश्य शब्दमा चित्रण गर्न नसक्ने डाक्टर गौतमले बताए । उनले रकम अभावका कारण बुटवल धागो कारखानाको आइसोलेसनका संक्रमितहरुलाई अस्पतालले खान खुवाउन नसकेर बुधबार ;सामाजिक संघ संस्थासँग गुहार माग्नु परेको बताए ।

    'गत वर्ष अस्पताल आफैले त्यहाँ उपचार गराएका संक्रमितलाई खान खुवाएको थियो । त्यसको बिल भुक्तानी गर्न स्वास्थ्य निर्देशनालयले आनाकानी गरिरहेकोले तिर्न नसकेर यसपाली संक्रमितका परिवारले खुवाउनुस् भन्न बाध्य छौं, डाक्टर गौतमले भने ।

    उनले रकम ब्यवस्थापन हुन सके अस्पताल भित्रै पनि दैनिक २० वटा सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने बताए ।

  • सम्बन्धित विषय:

  • # अक्सिजनको अभाव
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology