Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा कोरोना संक्रमणबाट थप चार जनाको निधन ( विवरण सहित )

पोखरामा कोरोना संक्रमणबाट थप चार जनाको निधन ( विवरण सहित )

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २३, २०७८ बिहिवार • १३:२३:३६ बजे
  • 3.2K
    SHARES
  • पोखरामा कोरोना संक्रमणबाट थप चार जनाको निधन ( विवरण सहित )

    पोखरा - पोखरामा कोरोना संक्रमणबाट थप चार जनाको आज निधन भएको छ । संक्रमणबाट पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररथ ३ र चरक मेमोरियल अस्पतालमा १ गरी चार जनाको निधन भएको स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशद्दारा जारी विज्ञप्तीमा छ । निधन हुनेमा ३ पुरुष र एक महिला रहेका छन ।

    images

    गण्डकी प्रदेशमा थप मृत्यु भएका ४ जना मृतकको विवरण तपशिल बमोजिम रहेको छ। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ ।

    १, कास्की जिल्ला, पोखरा महानगरपालिका-३ का ८७ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८०१२२ गते चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८०१२१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    २, कास्की जिल्ला, पोखरा महानगरपालिका-२९ का ४१ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८०१२३ गते बिहान ६:५५ बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८०१२२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    ३, कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का ७३ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८०१२२ गते बेलुका ६:४५ बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८०११८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    ४, म्याग्दी जिल्ला, धौलागिरी गाउँपालिका-२ की ७२ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८०१२३ गते बिहान ७:१० बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८०१२२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology