Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

यार्सागुम्बा चोर्न पाटन पुगेका एकजना जुम्ली युवाको लेक लागेर मृत्यु

यार्सागुम्बा चोर्न पाटन पुगेका एकजना जुम्ली युवाको लेक लागेर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २३, २०७८ बिहिवार • १४:४६:१५ बजे
  • 625
    SHARES
  • यार्सागुम्बा चोर्न पाटन पुगेका एकजना जुम्ली युवाको लेक लागेर मृत्यु

    डोल्पा - यार्सागुम्बा चोर्न पाटन पुगेका एकजना जुम्ली युवाको लेक लागेर मृत्यु भएको छ । जुम्ला जिल्ला गोठीचौर गाउँपालिका ७ ग्रज्याङकाेटका १७ वर्षीय युवा सुमन रावलको लेक लागेर मृत्यु भएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

    images

    जुम्ला डोल्पा सिमानामा पर्ने जगदुल्ला गाउँपालिकाअन्तर्गत पर्ने यार्सापाटनमा यार्सा सिजन खुल्नुअगावै संकलनका लागि गएको र लेक लागेर बिरामी भएपछि काइगाउँ स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको पाण्डेले बताए ।

    कोरोना कहरका कारण अघिल्लो वर्ष नखुलेका यार्सापाटन यस वर्ष भने आगामी जेठ १० गतेदेखि खुलाउने निर्णय गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # लेक लागेर मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology