म्याग्दी - विहिवार म्याग्दीमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले जारी गरेको पछिल्लो २४ घण्टाको संक्रमितहरुकाे विवरणमा बेनीमा २५ जना अन्नपुर्णमा दुई जना ,रघुगंगामा चार जना, धौलागिरी र मंगलमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबै संक्रमितहरुको क्षय रोग उपचार केन्द्रमा पहिचान भएको हो ।
संक्रमितहरुलाई सम्बन्धित आइसोलेसनमा लगिने तयारी भइरहेको निर्देशानलयका निर्देशक डा बिनोद विन्दु पौडेलले जानकारी दिए ।
म्याग्दीमा संक्रमितको सङ्ख्या ४०७ पुगेको छ । जसमा १३२ संक्रिय केश रहेका छन भने २७४ जना निको भएर घर फर्किएका छन । म्याग्दीमा कोभिडबाट ६ जनाले ज्यान गुमाइसकेका छन ।