Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोरु काटेको अभियोगमा पोखराबाट दुई पक्राउ

गोरु काटेको अभियोगमा पोखराबाट दुई पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०७८ शुक्रवार • ०८:३७:०५ बजे
  • 1.7K
    SHARES
  • गोरु काटेको अभियोगमा पोखराबाट  दुई पक्राउ

    गोरु काटेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा -१८ लामागाउँ बस्ने ८४ वर्षीय बिर बहादुर तामाङ र सोही वडाको धारापानी बस्ने ५० वर्षीय गंगा बहादुर गुरुङ रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।  पोखरा महानगरपालिका वडा नं -१८ पिपलडाली भन्ने स्थानमा गोरु काट्दै गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरीले कार्यालय वगरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई गोरुको टाउको, मासु र मासु काट्न प्रयोग हुने हतियार सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि पशुपंक्षी सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए।

    images

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology