Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुदूरपश्चिम प्रदेशका २४ जना पत्रकारलाई कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशका २४ जना पत्रकारलाई कोरोना संक्रमण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २४, २०७८ शुक्रवार • १०:२६:३० बजे
  • 1.4K
    SHARES
  • सुदूरपश्चिम प्रदेशका २४ जना पत्रकारलाई कोरोना संक्रमण

    बैतडी । कोरोना भाइरसको नयाँ भेरिएन्टसहित दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै पत्रकारसमेत संक्रमणको चपेटामा परेका छन् ।

    images

    हालसम्म बैतडीसहित सुदूरपश्चिम प्रदेशका २४ जना पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ । नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले सबैभन्दा बढी कैलालीका ११ जना पत्रकारलाई कोरोना पुष्टि भएको बताए ।

    यस्तै कञ्चनपुर र डडेल्धुरामा ३३, बैतडी, डोटी र बाजुराका २२ र बझाङका १ पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको दार्चुला र अछाममा भने हालसम्म कुनै पत्रकार संक्रमणको चपेटामा परेका छैनन् ।

    संक्रमित २४ जनामध्ये कैलालीका १ जनाको स्वास्थ्य अवस्था जटिल भएकाले उपचारका लागि काठमाडौं लगिएको पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ । संक्रमित अन्य २३ जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेकाले होम आइसोलेसनमा रहेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology