कोरोना संक्रमणबाट पोखरामा थप तीन जना र पर्वतमा एक गरि चार जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावदी जानकारी अनुसार मृत्यु हुनेमा पर्वत कुश्मा ९ का ५३ बर्षीय पुरुष रहेका छन । बैशाख १३ गते संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।यसै गरि मणिपाल शिक्षण अस्पतालमा पनि दुई जना संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा पोखरा २५ का ६८ वर्षीय पुरुष रहेका छन भने तनहुँ व्यास १ घर भएका ६० वर्षीय महिला रहेकी छन । ५८ वर्षीय पुरुषलाई २३ र ६० वर्षीय महिलालाई २२ गते कोरोना पुष्टि भएको निर्देशानलयले जनाएको छ । पर्वतमा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु भएको छ । पर्वत जलजला ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।उनलाई आज नै कोरोना पुष्टि भएको थियो ।