पोखरा - शुक्रबार कास्की जिल्ला भर एक बर्षीय बालिका सहित थप ३२० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिएको अध्यावदी अनुसार कास्की जिल्लाको मादी गाउँपालिकामा आठ जना रुपा गाउँपालिकामा तीन र अन्नपुर्ण गाउँपालिका एक जना रहेका छन भने अन्य सवै पोखरा महानगरपालिका भित्रका रहेका छन ।
सवै भन्दा कम उमेरका संक्रमित वडा न २१ कि एक बर्षीया बालिका रहेकी छिन । सो वडामा मात्र ३४ जना संक्रमित रहेका छन ।



