Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाढीले बगाएर ल्याएका  पाँच जनाको शव चितवनमा भेटिए

बाढीले बगाएर ल्याएका  पाँच जनाको शव चितवनमा भेटिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ७, २०७७ बुधवार • १७:४९:५८ बजे
  • 1.8K
    SHARES
  • बाढीले बगाएर ल्याएका  पाँच जनाको शव चितवनमा भेटिए
    चितवन -  नारायणी नदी र पूर्वी चितवनको बुढी राप्ती नदीको बाढीले बगाएर ल्याएका  पाँच जनाको शव बुधबार चितवनमा भेटिएका छन् ।  

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणी नदी किनारमा चार जना र बुढी राप्ती खोलामा एक जनाको शव भेटिएको हो ।

    भेटिएका पाँच मध्ये चार शवको पहिचान खुल्न नसकेको र एक शवको भने पहिचान खुलेको प्रहरीले जनाएको छ ।भेटिएका पाँच मध्ये चार शवको पहिचान खुल्न नसकेको र एक शवको भने पहिचान खुलेको प्रहरीले जनाएको छ ।

    त्यस्तै नारायणी नदी अन्तर्गगत भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा करिब १४१५ वर्षकी एक किशोरी र अर्का एक किशोरको शव भेटिएको प्रहरीले जनाएको छ ।

    पूर्वी चितवनको खैरहनी नगरपालिको बुढी राप्ती खोलामा आएको बाढीले बगाएर ल्याएको अन्दाजी ५० वर्षका पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

    भरतपुरकै वडा नम्बर १ लिलाचोक नजिक नारायणी नदी किनारमा अन्दाजी ५० वर्षीय एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology