तस्विर : कास्की प्रहरी
आश तमु,पोखरा - कास्की प्रहरीले पोखराका विभिन्न क्षेत्रवाट १ सय ८७ वटा खाली अक्सिजन सिलिण्डर संकलन गरी उत्पादक कम्पनीलाई हस्तातरण गरेको छ । बिश्वव्यापी रुपमा फैलिदै गईरहेको (covid - 19 ) कोरोना भाईरस संक्रमणलाई ध्यानमा राखी अस्पतालहरुमा अक्सिजन सिलिण्डरहरुको अभाव नहोस भन्ने उद्देश्यका साथ पोखरास्थित मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज र ग्यास वेल्डिङ गर्ने ठाउँबाट प्रहरीले अक्सिजनका सिलिण्डर पछी फिर्ता गर्ने गरी संकलन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जिवन कुमार श्रेष्ठले विभिन्न क्षेत्रवाट संकलित सिलिण्डर पोखरा अक्सिजन र काली गण्डकी अक्सिजनलाई बुजाएको र त्यहाँबाट रिफल गरी अस्पताललाई बुजाइने बताए ।
कोभिड–१९ मा अत्यावश्यक अक्सिजन पोखराका अस्पतालमा अभाव हुन नदिन पछि फिर्ता गर्नेगरी प्रहरीले संकलन गरेको हो । अरु कम्पनी र व्यक्तिसँग भएका अक्सिजन सिलिण्डरहरु अक्सिजन उत्पादन कम्पनीलाई उपलव्ध गराइदिन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।