Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’,अनिष्ट हुने जनविश्वास

दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’,अनिष्ट हुने जनविश्वास

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २५, २०७८ शनिवार • १५:३१:५५ बजे
  • 1.5K
    SHARES
  • दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’,अनिष्ट हुने जनविश्वास

    दोलखा -शनिबार दिउँसो दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका एक अधिकारीका अनुसार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको हो ।

    images

    मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् । मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको छ । पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासनले विज्ञप्ति नै जारी गरेको थियो ।

    शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ । शिलाबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहिआएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology