आश तमु पोखरा - पोखरा महानगर भित्र १ सय ६१ जनामा को'रोना पुष्टी भएको छ ।
स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशको अध्यावधिक अनुसार लाइफ केयर एण्ड डाइनोष्टिक प्रालि पोखरामा गरिएको परिक्षणमा पोखराका विभिन्न वडाहरुमा गरी १ सय ६१ जनामा पुष्टी भएको हो ।
हिजो शुक्रबार मात्रै पोखरामा ८ सय ३८ सहित कास्कीमा थप ८ सय ५६ जनामा सं'क्र'मण पुष्टि भएको थियो । योसँगै कास्कीमा कोरोना सं'क्रमि'तको संख्या १ हजार ९७६ पुगेको छ ।
कास्कीमा हालसम्म ८ हजार ९४९ जनाले को'रोनालाई जितेका छन् भने १ सय ३९ जनाको को'रोनाबाट ज्या'न गु'मा'एका छन ।

