रुकुम पश्चिम - एक जना बालकको बाख्रा चराउन जादाँ तालमा डु'बेर ज्या'न गएको छ । शनिवार सानेभेरी गाउँपालिका ११ का १५ बर्षीय रुपाल खड्काको पौडी खेल्ने क्रममा तालमा डु'वेर ज्या'न गएको हो । सिम्ली खोलाको अधेरे भन्ने तालमा पौडी खेल्ने क्रममा खड्काको नि'धन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार खड्का पौडी खेल्न गएको र लामो समय सम्म पनि बाहिर नआएपछी उनी सँगै गएका साथीहरुले आफन्तलाई खबर गरेका थिए । खबर पाए लगतै आफन्तले खोज तलास गरी मृ'तक खड्काको श'व तालबाट निकालिएको थियो ।
यो समाचार पनि हेर्नुस....दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’
दोलखा - शनिबार दिउँसो दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका एक अधिकारीका अनुसार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको हो ।
मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् । मन्दिरमा अहिले क्ष'मा पूजाको तयारी भइरहेको छ । पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासनले विज्ञप्ति नै जारी गरेको थियो ।
शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ । शिलाबाट पसिना आउँदा अ'नि'ष्ट हुने जनविश्वास रहिआएको छ ।