Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बागलुङमा वायरिङ गर्ने क्रममा छतबाट ख'सेर लघु जलविद्युत परियोजनामा अपरेटरको मृ'त्यु

बागलुङमा वायरिङ गर्ने क्रममा छतबाट ख'सेर लघु जलविद्युत परियोजनामा अपरेटरको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २६, २०७८ आइतवार • १३:३३:२६ बजे
  • 1.3K
    SHARES
  • बागलुङमा वायरिङ गर्ने क्रममा छतबाट ख'सेर लघु जलविद्युत परियोजनामा अपरेटरको मृ'त्यु

    बागलुङ - छिमेकीको घरमा बिजुली वायरिङ गर्ने क्रममा छतवाट ख'सी एक जनाको मृ'त्यु भएको छ । बागलुङ जिल्लाको खर्बाङमा छिमेकी दीपु केसीको घरको छतबाट ख'सेर बडिगाड गाउँपालिका २, दनिया निवासी ३९ वर्षीय रन बहादुर रानाको मृ'त्यु भएको हो ।

    images

    घरमा वायरिङ गर्ने क्रममा ख'स्दा गम्भिर घा'इते भएका रानाको उप'चारको लागि हेलिकप्टरमार्फत पोखरा पठाउने तयारी भैरहेका बेला ज्या'न गएको हो ।​ गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमती सहित २ छोरा र १ छोरी रहेका छन् ।

    यो समाचारपनि हेर्नुस : मुख्य मन्त्री शंकर पोखरेल विरुद्द फेरी अविश्वासको प्रस्ताव दर्ता

    लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल विरुद्द फेरी प्रतिपक्ष दलहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन । विपक्षी गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका ४० सांसदहरूले पुन: अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

    माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, कांग्रेस प्रमुख सतेक फकुरूदिन खानलगायतले प्रदेशसभा सचिव दुर्लभ पुनलाई अविश्वास प्रस्ताव बुझाएका हुन् । पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता दर्ता भएको थियो । तर, राजीनामा दिएर एमालेको एकल बहुमतको दावीसहित उनी पुन: मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य भइसकेको छ । विपक्षी गठबन्धनले भने आफूतिर बहुमत रहेको भन्दै मुख्यमन्त्रीको पुनर्नियुक्ति खारेज गर्नुपर्ने जिकिर गर्दै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # छतबाट खसेर मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology