Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रहरी कार्यालय शिल

स्याङ्जामा कार्यरत तीन प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै जिल्ला प्रहरी कार्यालय शिल

स्याङ्जामा कार्यरत तीन प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै जिल्ला प्रहरी कार्यालय शिल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ७, २०७७ बुधवार • १८:०६:३५ बजे
  • 2.3K
    SHARES
  • स्याङ्जामा कार्यरत तीन प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै जिल्ला प्रहरी कार्यालय शिल
    स्याङ्जा - स्याङ्जामा कार्यरत तीन प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै जिल्ला प्रहरी कार्यालयलाई शिल गरिएको छ ।

    ‘तीन जना प्रहरीमा रिपोर्ट पोजेटिभ आएपछि समुदायमा संक्रमण नफैलियोस् भनेर बाहिर रहेकालाई बाहिर र भित्र रहेकालाई  भित्र नै बस्न भनिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

    ‘तीन जना प्रहरीमा रिपोर्ट पोजेटिभ आएपछि समुदायमा संक्रमण नफैलियोस् भनेर बाहिर रहेकालाई बाहिर र भित्र रहेकालाई  भित्र नै बस्न भनिएको छ । सम्भावितहरुको रिपोर्ट आएपछि नयाँ योजनाका साथ अगाडी बढ्ने सोच बनाएका छोँ’ क्षेत्रीले भने ।  

    क्षेत्रीकाअनुसार रिपोर्ट पोजेटिभ आएकाहरुको कन्ट्याक ट्रेसिङ गरी स्वाब निकालेर परीक्षणका लागि पोखरा पठाउने तयारी गरिएको छ ।  

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले भने जिल्ला कार्यालय शिल गरिएको भए पनि अनलाइनमार्फत उजुरी लिएर कामकाजलाई अगाडी बढाउने जानकारी गराए ।

    प्रबक्ता अधिकारीकाअनुसार संक्रमित तीनै जना प्रहरीहरुलाई आइसोलेसन वार्डमा राखिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology