Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माटोको ढिस्कोले पु'रिएर एक बालकको मृ'त्‍यु

माटोको ढिस्कोले पु'रिएर एक बालकको मृ'त्‍यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २८, २०७८ मंगलवार • १०:५०:५४ बजे
  • 769
    SHARES
  • माटोको ढिस्कोले पु'रिएर एक बालकको मृ'त्‍यु

    ताप्लेजुङ - सडक माथीबाट अचानक आएको माटोको ढिस्कोले पु'रिएर एक बालकको ज्या'न गएको छ । ताप्लेजुङ फुङलिङ नगरपालिका ७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पु'रिएर मेरिङदेन गाउँपालिका २ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्या'न गएको हो ।

    images

    उनी सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका थिए । माथिबाट अचानक झरेको ढिस्कोले पुरिएर फुर्वाको घ'टनास्थलमै नि'धन भएको प्रहरीले जनाएको छ ।

    मृ'तकको श'व परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    यो समाचार पनि हेर्नुहोस : बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आव्हान, ओलीलाई कामचलाउको जिम्मा

    प्रधानमत्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिन नसकेपछी राष्टपतो बिद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठनको लागी आह्वान गरेकी छन ।

    उनले माघ ३० गते बेलुका ९ बजे समय सिमा भित्र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रायोजनका लागी प्रस्ताव गर्न भनेकी छन ।

    राष्ट्रपति कार्यालत द्दारा जारी विज्ञप्तीमा "नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८१३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दावी पेश गर्न आह्वान" गरिएको छ।

    नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७४/११/३ गते नियुक्त प्रधानमन्त्री श्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम मिति २०७८१२७ मा प्रतिनिधि सभामा विश्वासको मतको लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसके पछी राष्ट्रपतिले सरकार गठनका लागी आह्वान गरेकि हुन ।

    यसै गरी राष्ट्रपतिले अर्को मन्त्रिपरिषद्न नभएसम्म मन्त्रिपरिसद्को कार्य सञ्चालन गर्न ओलीलाई नै जिम्मा दिएकी छन । नयाँ सरकार गठन नहुदा सम्म ओलीलाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई संविधानको धारा ७७ को उपधारा (३) बमोजिम कामचलाउको जिम्मा तोकेकी हुन्।

    धारा ७६ (२) अनुसारको नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दलहरुलाई वैशाख ३० गतेसम्मको समयसीमा तोकेकी छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology