जाजरकोट,रासस । को'रोना स'ङ्क्र'मण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् । सम्भावित स'ङ्क्र'मित खोज्न र निरो'गीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो ।
नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उ'पचार गरिरहेको छ । गाउँमा बिरामी भएको खबरका आधारमा ल्याबसहितको टोली पुगेर ज्वारो आएको भए तत्काल आरडि'टी जाँच गरेर कोरोना हो वा होइन भन्ने निश्चित गरी सोहीअनुसारको उपचार गर्दै आएको गौतमले बताए ।
ज्वरो आएर को'रोनाको लक्षण मिल्ने खालको बिरामी भएमा पिसिआर जाँच गर्न स्वाब सङ्कलन गरी सुर्खेत पठाउने गरिएको छ ।
पूजा र विवाहले को'रोना बढायो
चैत र वैशाखमा धेरै विवाह तथा पूजा भएका कारण को'रोना स'ङ्क्र'मितको सङ्ख्या बढाउने गतिलो माध्यम भएको स्वास्थ्यकर्मीले बताएका छन् । विवाह र पूजामा धेरै मानिस जम्मा हुँदा एकले अर्कोलाई को'रोना सार्दा वडा नं ३ मा जाँच गर्दा ७० प्रतिशतमा को'रोना देखिएको गौतमले जानकारी दिए ।
सामाजिक पर्वका रूपमा स्थापित हुँदै आएका यस्ता कार्यमा जसरी भए पनि सर्वसाधारण सहभागी हुँदा को'रोना स'ङ्क्र'मण फैलिएको हो । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड लागू गरेको भए पनि गाउँका अधिकांश ठाउँमा प्रशासनको आदेश कसैले पनि नमानेको पाइएको छ ।
ज्वरो आउँदा धामीको शरण
गाउँघरमा बिरामी हुँदा अस्पतालभन्दा पहिला धा'मीझाँ'क्री कहाँ पुगेर देखाउने चलन कायमै छ । देवीदेवताको आँखा लागेर बिरामी भएको भन्दै धामीलाई देखाउने चलनले को'रोना बढ्न थप मद्दत गरेको छ । स्थानीय तहका मुकाममा मात्र सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गरे पनि गाउँमा त्यस्तो कुनै पालना नभएको पाइएको छ ।
मुकामकै भित्री भागमा जुवातास
निषेधाज्ञा भएको समयमा सबै फुर्सदमा हुँदा सदरमुकामका भित्री भागमा जु'वातास खेल्नेको सङ्ख्या बढेको छ । मन मिल्ने साथीहरु जम्मा भएर तास खेल्दै समय बिताउने गरेको पाइएको हो । अघिल्लो वर्ष मात्र जुवातास खेलिरहेको ठाउँबाट धेरैलाई को'रोना लागेको थियो । अहिले पनि थाप्ले, माथिल्लो थाप्ले र पिपलडाँडालगायतका ठाउँमा भित्रीरूपमा जुवातास खेल्ने काम भएको बताइन्छ ।