तनहुँ - तनहुँमा क'रेन्ट लागेर एक जनाको नि'धन भएको छ । जिल्लाको आबु खैरेनी गाउँपालिका २ मार्केचोकमा रुखको हागाँ का'ट्ने क्रममा क'रेन्ट लाग्दा स्थानीय ४५ बर्षीय भिम बहादुर गुरुङको ज्या'न गएको हो ।
उनी सोही स्थानका अर्का स्थानीय तारा बहादुर गुरुङको घरमा काम गर्थे । गण्डकी प्रदेश प्रहरीका अनुसार सोमबार विहान अन्दाजी ६ बहेको समयमा रुखको हागाँ का'ट्ने क्रममा हागाँले बिजुली तार छुन पुग्दा क'रेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हाडजोर्नी अस्पताल आँबुखैरेनी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीको भनाई छ।
यो समचार पनि हेर्नुस :माटोको ढिस्कोले पु'रिएर एक बालकको मृ'त्यु
ताप्लेजुङ - सडक माथीबाट अचानक आएको माटोको ढिस्कोले पु'रिएर एक बालकको ज्या'न गएको छ । ताप्लेजुङ फुङलिङ नगरपालिका ७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पु'रिएर मेरिङदेन गाउँपालिका २ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्या'न गएको हो ।
उनी सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका थिए । माथिबाट अचानक झरेको ढिस्कोले पुरिएर फुर्वाको घ'टनास्थलमै नि'धन भएको प्रहरीले जनाएको छ । मृ'तकको श'व परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।