मयूरपाटी - गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा कुश्मा बागलुङ ३३ के भि लाइनमा क्षति पुर्याएको छ ।
पहिरोको कारण कुश्मा बागलुङ ३३ केभि लाइन पनि काटिएको छ । पहिरोका कारण प्रसारण लाइनमा क्षति पुराउँदा विद्युत् सेवा बागलुङ र म्याग्दी जिल्लामा बन्द भएको हो ।
पर्वत तथा बागलुङ विद्युत् केन्द्र संग आवश्यक समन्वय गरि छिट्टै प्रसारण सञ्चालन गर्न काम भइरहेको विद्युत् प्राधिकरण कार्यालय म्याग्दीले जनाएको छ । पहिरोका कारण अन्य मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ।