पोखरा - ट्रकले ठ'क्कर दिँदा एक पैदलयात्रीको नारायणगढ मुग्लिन सडकखण्डमा मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा भरतपुर महानगरपालिका २९ जुगेडीका ५६ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ४४६० नंको ट्रकले जुगेडीमा पैदलयात्रीलाई ठ'क्कर दिएको थियो । ठ'क्करबाट गुरुङको घ'टनास्थलमै मृ'त्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक र ट्रकचालक प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटना सोमबार राति १०ः३० बजे भएको हो ।
तनहुँ - कोभिड सङ्क्रमण बढेर बजारमा अक्सिजन सिलिण्डर अभाव भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सिलिण्डर हस्तान्तरण गरेको छ । केन्द्रले मर्मत प्रयोजनका लागि भण्डार गरी राखेको १२ थान ठूलो सिलिण्डर गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
अक्सिजन सिलिण्डरको उपलब्धता भएपछि जलविद्युत् केन्द्रलाई फिर्ता दिने गरी सिलिण्डर ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नौ थान भरी सिलिण्डर र तीन थान खाली सिलिण्डर ल्याइएको छ । खाली सिलिण्डरलाई आज नै भर्न पठाइने पोखरेलले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार गाउँपालिकामा यस अगाडि दुईवटा भरी सिलिण्डर छ । थप सिलिण्डरको पनि खोजी कार्य गरिएको पोखरेलले जानकारी दिनुभयो ।
आँबुखैरेनी गाउँपालिका जिम्मेवार भएर सङ्कट व्यवस्थापनमा जुटिरहेको छ पोखरेलले भन्नुभयो । जलविद्युत् केन्द्रले उपलब्ध गराएको सिलिण्डर लिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेल, वडा नं ३ का सदस्य दिनेश केसी आफैँ पुग्नुभएको थियो । आइतबार मात्रै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको पहलमा एक कर्मचारीलाई उद्धार गरी काठमाडौँ पठाइएको थियो । प्रदेश सरकार मातहत कार्यालयका कर्मचारीलाई श्वासप्रश्वासमा समस्या भएपछि अध्यक्ष थापाको सक्रियतामा एम्बुलेन्स व्यवस्थापन गरिएको थियो ।
क्लबले आइसोलेशन बनाउन भवन दिने
आँबुखैरेनी ३ स्थित अलस्टार क्लबले आफ्नो भवन आइसोलेशन निर्माणका लागि गाउँपालिकालाई दिने भएको छ । कोभिड सङ्क्रमित बढेको र आइसोलेशनका लागि भवन अभाव हुनसक्ने भएपछि क्लब भवन गाउँपालिकालाई दिन तयार भएको हो । क्लबका अध्यक्ष दिनेश केसीले गाउँपालिकाका अध्यक्ष थापालाई उक्त भवन प्रयोग गर्न दिने सहमतिपत्र हस्तान्तरण गर्नुभएको छ । वडासदस्यसमेत रहनुभएका केसीले कोभिड रोकथाम गर्नु सबै सङ्घसंस्थाको कर्तव्य भएकाले क्लबको भवन आइसोलेशनका लागि दिने निर्णय भएको बताउनुभयो ।रासस