Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उपत्यकामा थप जेठ १३ गते सम्म निषेधाज्ञा थप

उपत्यकामा थप जेठ १३ गते सम्म निषेधाज्ञा थप

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २८, २०७८ मंगलवार • १४:०१:३५ बजे
  • 1.5K
    SHARES
  • उपत्यकामा थप जेठ १३ गते सम्म निषेधाज्ञा थप

    काठमण्डौ उपत्यकामा थप जेठ १३ गते सम्म निषेधाज्ञा थप भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञाको अवधिमा पार्टी प्यालेस तथा होटलमा विवाह, व्रतबन्धलगायतका भोज गर्न पूर्ण रोक लगाउँदै घरमै गर्ने भएमा बढीमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्था भएको छ ।

    images

    बैठकले खाद्यान्न तथा तरकारीका पसल बिहान १० बजेसम्म खोल्न दिने तर फुटपाथमा तरकारीलगायतका कुनै पनि व्यापार गर्न नदिने व्यवस्था गरिएको छ ।

    यस्तै सबै निर्माण कार्य पनि रोकिने भएका छन् । राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य रोक्ने निर्णय भएको छ ।

    यसअघि वैशाख १६ गतेदेखि सुरु भएको एक हप्ते निषेधाज्ञा २२ गतेदेखि फेरि एक हप्ता थपिएको थियो । निषेधाज्ञाका कारण स'ङ्क्र'मण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको हो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology