Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

७ जेठ विहेको तयारीमा रहेका प्रहरी जवानको श'व झु'ण्डि'एको अवस्थामा फेला

७ जेठ विहेको तयारीमा रहेका प्रहरी जवानको श'व झु'ण्डि'एको अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २८, २०७८ मंगलवार • १७:००:२७ बजे
  • 1.3K
    SHARES
  • ७ जेठ विहेको तयारीमा रहेका प्रहरी जवानको श'व झु'ण्डि'एको अवस्थामा फेला

    महोत्तरीमा डुयुटी रहेको एक प्रहरी जवानको श'व झु'ण्डि'एको अवस्थामा फेला परेको छ । सम्सी गाउँपालिका स्थित सम्सी प्रहरी चौकीका कार्यरत २५ बर्षीय प्रहरी जवान जितेन्द्र शाह झु'ण्डि'एको अवस्थामा फेला परेका हुन ।

    images

    चौकी नजिकै शाहको श'व आपको रुखमा झु'ण्डि'एको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घ'टनाको बारेमा थप अ'नुस'न्धान जारी रहेको भन्दै शाहले आ'त्मह'त्या गरेका हुन वा ह'त्या गरिएको हो भन्ने कुरा छानबिनको बिषय रहेको प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

    प्रहरी जवान साहको श'व प्रहरी चौकीबाट करिब ७ सय मिटर पश्चिम खाली चौरमा झु'ण्डिएको अवस्थामा मंगलबार बिहान फेला परेको उनले बताए ।

    पर्सा जिल्लाको बहुदरमाई नगरपालिका १ घर भई ढल्केवरस्थित प्रहरी गणमा दरबन्दी भई विगत ७ महिनादेखि उनी सम्सी प्रहरी चौकीमा कार्यरत थिए । साहको आगामी ७ जेठमा विवाह तय भएको थियो । डिएसपी विष्टले विवाहको तयारीका लागि साह आजै बिदा लिएर घर जाने तयारीमा रहेको जनाए ।

    काठमण्डौ उपत्यकामा थप जेठ १३ गते सम्म निषेधाज्ञा थप

    काठमण्डौ उपत्यकामा थप जेठ १३ गते सम्म निषेधाज्ञा थप भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञाको अवधिमा पार्टी प्यालेस तथा होटलमा विवाह, व्रतबन्धलगायतका भोज गर्न पूर्ण रोक लगाउँदै घरमै गर्ने भएमा बढीमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्था भएको छ ।

    बैठकले खाद्यान्न तथा तरकारीका पसल बिहान १० बजेसम्म खोल्न दिने तर फुटपाथमा तरकारीलगायतका कुनै पनि व्यापार गर्न नदिने व्यवस्था गरिएको छ ।

    यस्तै सबै निर्माण कार्य पनि रोकिने भएका छन् । राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य रोक्ने निर्णय भएको छ ।

    यसअघि वैशाख १६ गतेदेखि सुरु भएको एक हप्ते निषेधाज्ञा २२ गतेदेखि फेरि एक हप्ता थपिएको थियो । निषेधाज्ञाका कारण स'ङ्क्र'मण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको हो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology