Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समयमा र'गत नपाउँदा सुत्केरीको मृ'त्यु

समयमा र'गत नपाउँदा सुत्केरीको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २८, २०७८ मंगलवार • १७:०५:२७ बजे
  • 1.3K
    SHARES
  • समयमा र'गत नपाउँदा सुत्केरीको मृ'त्यु

    किमाथाङ्का सोमबार सुत्केरी बेथा लागेपछि सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका ३ की २६ वर्षीया सिर्जना कुलुङलाई ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो।

    images

    केन्द्रमा भर्ना भएको केही घण्टामै कुलुङले साधारण रुपमै शिशु जन्माइन्। जन्मिएको केही समयपछि सुत्केरीको र'क्तश्रा'व हुन थाल्यो। अत्यधिक र'क्तश्रा'व भएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाइयो। सदरमुकाम खाँदबारी लैजाने क्रममा उनको सोमबार राति ७ बजे मृ'त्यु भएको सिलिचोङ ३ का वडाध्यक्ष प्रतापसिंह तामाङले जानकारी दिए।

    जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा खाँदबारी १० चन्दनपुर आइपुगेपछि मृ'त्यु भएको वडाध्यक्ष तामाङले बताए। स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन आएकी कुलुङको अत्यधिक र'क्तश्रा'व भएपछि ताक्कू प्राथमिक स्वास्थ्य केन्द्रले थप उपचारका लागि जिल्ला अस्पताल रेफर गरेको ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. भारती पण्डितले जानकारी दिइन्।

    शिशु जन्मिएदेखि नै अत्यधिक र'क्तश्रा'व भएको र साल अड्किएपछि थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजान रेफर गरिएको थियो। र'क्तश्रा'व भएपछि उनलाई तत्काल र'गतको चाहिने भएपछि ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएकाले थप उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा ज्या'न गएको उनका श्रीमान् बलिराम कुलुङले जानकारी दिए।

    सदरमुकामसँग सडक सञ्जाल नजोडिएको सिलिचोङमा गाडी आवतजावत हुन सक्दैन। कच्ची बाटो र समयमा एम्बुलेन्स नपाएका कारण श्रीमतीको बाटैमा नि'धन भएको बलिरामले दुखेसो पोखे।

    शिशुको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमले सुत्केरी तथा गर्भवतीलाई निःशुल्क उद्धार गर्ने गरेपनि दुर्गमका नागरिक अनभिज्ञ भएकाले यस्ता घटना भइरहेका छन्।

  • सम्बन्धित विषय:

  • # सुत्केरीको मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology