Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लुकाई छिपाई अवै'ध रूमपा अक्सिमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ

लुकाई छिपाई अवै'ध रूमपा अक्सिमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २८, २०७८ मंगलवार • १७:०८:०३ बजे
  • 1.3K
    SHARES
  • लुकाई छिपाई अवै'ध रूमपा अक्सिमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ

    काठमाडौँ- काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई छिपाई अ'वैध रूमपा अक्सिमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ।

    images

    जिल्ला प्रशासन कार्यालयका अनुसार बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको, न्यून गुणस्तरको अक्सिमिटर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो।

    अनुगमनमा काठमाडौँ प्रशासनसँगै महानगरीय अ'परा'ध महाशाखा, औ'षधि व्यवस्था विभाग र वाणिज्य विभागको समेत सहभागिता थियो। काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी उनीहरूबाट ८६५ स्थान अक्सिमिटर बरामद भएको र पक्राउ परेका सातै जनालाई कानूनी कारबाही अघि बढेको जनाइएको छ।

    पछिल्लो समयमा अत्याश्यक वस्तुको अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र बढी मूल्य लिएर सेवा दिने गतिविधि नियन्त्रणमा नियमित अनुगमन भइरहेको छ। सो क्रममा प्रहरीले बढी भाडा लिने व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गरिरहेको छ भने अक्सिजन सिलिन्डर सङ्कलन अभियानसमेत जारी छ।

    अस्पतालले समेत चर्को शुल्क लिने गरेको गुनासो आएकाले अनुगमन भइरहेको प्रशासनले जनाएको छ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology