Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

को'रोना सं'क्र'मणबाट तनहुँका एक महिलाको पोखरामा नि'धन,३७ जनामा को'रोना पुष्टी

को'रोना सं'क्र'मणबाट तनहुँका एक महिलाको पोखरामा नि'धन,३७ जनामा को'रोना पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २८, २०७८ मंगलवार • १८:००:३६ बजे
  • 2.5K
    SHARES
  • को'रोना सं'क्र'मणबाट तनहुँका एक महिलाको पोखरामा नि'धन,३७ जनामा को'रोना पुष्टी

    को'रोना सं'क्र'मणबाट तनहुँका एक महिलाको उ'पचारको क्रममा पोखरामा नि'धन भएको छ ।

    images

    तनहुँ जिल्ला, व्यास नगरपालिका -१ की ५७ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/२७ गते बिहान ८:५० बजे पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा उ'पचारको क्रममा दु'खद नि'धन भएको हो । वहाँमा मिति २०७८/०१/२७ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो ।

    बन्दिपुरमा एक पुरुष, भिमादमा आठ महिला र  छ पुरुष गरी १४ जना , घिरिङ दुई पुरुष  र दुई महिला गरी चार जना  माग्देमा दुई पुरुष र  दुई महिला गरी चार जना , शुक्ला गण्डकी दुई महिला र तीन पुरुष गरी पाच जना , भानुमा  एक पुरुष, घिसिङ् एक पुरुष , व्यासमा तीन महिला र चार पुरुष गरी सात जना गरी जिल्ला भर ३७ जनामा को'रोना पुष्टी भएको छ ।

    घिरिङ र ऋषिङ गाउँपालिकामा पनि आज निषेधाज्ञा आदेश जारी

    जिल्ला प्रशासन कार्यालय तनहुँले घिरिङ र ऋषिङ गाउँपालिकामा पनि आज निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार घिरिङ र ऋषिङका सम्पूर्ण भागमा आजदेखि निषेधाज्ञा आदेश जारी भएको हो ।

    यसअघि जिल्लाका आठ स्थानीय तह र ऋषिङ गाउँपालिका १ मा मात्रै निषेधाज्ञा गरिएको थियो । को'भिड स'ङ्क्र'मणको उच्च जो'खिमलाई मध्यनजर गरी जिल्लाभर निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

    जिल्ला प्रशासन कार्यालयले वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । यसअघि खाद्यान्नका पसल बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ने भनिएकामा अब बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र खुल्नेछन् ।

    कार्यालयका अनुसार उक्त अवधिमा खाद्यान्न, तरकारी, फलफूल, दूध र दुग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, दाना, पशुपक्षीको उत्पादन र बिक्री वितरण र निर्माण सामग्री पसल खुल्नेछन् ।

    निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा एम्बुलेन्स, ग्यास, पेट्रोलियम पदार्थ, खानेपानी, औषधि तथा उपचार सामग्री, स्वास्थ्य संस्था, अस्पताल, दूरसञ्चार, फोहरमैला व्यवस्थापन, बैंकको एटिएम सेवा, डाँक सेवा र सार्वजनिक निर्माणसम्बन्धी कार्य सञ्चालन गर्न पाइन्छ ।

    त्यस्तै माथि उल्लिखित भएकाबाहेक अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने, बिरामी र कुरुवा, मृ'त्यु संस्कारमा अनिवार्य सहभागी हुनुपर्ने अवस्था) का लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति लिनुपर्नेछ ।

    सञ्चारकर्मीको हकमा सूचना विभाग वा सम्बन्धित सञ्चारगृहले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइनेछ ।

    क'रेन्ट लागेर एक जनाको नि'धन

    तनहुँमा क'रेन्ट लागेर एक जनाको नि'धन भएको छ । जिल्लाको आबु खैरेनी गाउँपालिका २ मार्केचोकमा रुखको हागाँ का'ट्ने क्रममा क'रेन्ट लाग्दा स्थानीय ४५ बर्षीय भिम बहादुर गुरुङको ज्या'न गएको हो ।

    उनी सोही स्थानका अर्का स्थानीय तारा बहादुर गुरुङको घरमा काम गर्थे । गण्डकी प्रदेश प्रहरीका अनुसार सोमबार विहान अन्दाजी ६ बहेको समयमा रुखको हागाँ का'ट्ने क्रममा हागाँले बिजुली तार छुन पुग्दा क'रेन्ट लागेको थियो ।

    करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हाडजोर्नी अस्पताल आँबुखैरेनी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीको भनाई छ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology