Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दीमा ११ बर्षिया बालिकामाथि क'रणी गरी फरार युवा पोखराबाट पक्राउ

म्याग्दीमा ११ बर्षिया बालिकामाथि क'रणी गरी फरार युवा पोखराबाट पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २८, २०७८ मंगलवार • १८:३६:५८ बजे
  • 1.4K
    SHARES
  • म्याग्दीमा ११ बर्षिया बालिकामाथि क'रणी गरी फरार युवा पोखराबाट पक्राउ

    म्याग्दी  - पैसाको प्रलोभन देखाएर ११ बर्षिया बालिकामाथि ज'बरज'स्ती क'रणीको प्रयास गर्ने एक युवालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ ।

    images

    बैशाख १४ गते म्याग्दीको मालिका गाउँपालिका-५, देवीस्थानका दिलबहादुर विकको बिहेमा विवाहमा परिवारका सदस्यसँगै गएकी ११ बर्षिया बालिकामाथि पैसाको प्रलोभन देखाएर ज'वरज'स्ती गरेको भन्ने पि'डित परिवारको निवेदनमा सोही स्थानका २१ बर्षीय बिजय विकलाई म्याग्दी प्रहरीले पोखरा आई एक ग्रील उधोगमा लुकेर बसेका विकलाई ग्रील उधोगबाट प्रकाउ गरेको हो ।

    विकलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

    १४ गतेको घटनालाई पी'डितका आफन्तले वैशाख १९ गते प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा दिएपछि मात्रै घटना सार्वजनिक भएको हो ।

    पक्राउ परेका विकले गल्ती स्विकार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।

    बालिका क'रणीमा संलग्नलाई मुलुकी अ'पराध संहिता ऐन २०७४ को दफा २१९ मा उल्लेख भए अनुसार १० वर्ष वा १० वर्षभन्दा माथि १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ बर्ष देखी २० बर्ष सम्म कैद सजाय हुने कानूनी व्यबस्था रहेको छ ।

    प्रहरीले कानुन अनुसार कैद सजायको माग गर्दै जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ

  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणी
  • # करणी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology