Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यूवाको ह'त्यामा संलग्न ५ जनालाई प्रहरीले पक्रेर सार्वजनिक

यूवाको ह'त्यामा संलग्न ५ जनालाई प्रहरीले पक्रेर सार्वजनिक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २८, २०७८ मंगलवार • १८:५३:५१ बजे
  • 1.4K
    SHARES
  • यूवाको ह'त्यामा संलग्न ५ जनालाई प्रहरीले पक्रेर सार्वजनिक

    म्याग्दी - म्याग्दीको मालिका गाउँपालिका -५,देविस्थानका एक यूवाको ह'त्यामा संलग्न ५ जनालाई प्रहरीले पक्रेर सार्वजनिक गरेको छ । गएको बैशाख १४ गते स्थानीय दिलबहादुर विकको विवाहमा पुगेका २७ वर्षीय धजेन्द्र पुनको हत्यामा संलग्न बेहुलाका भाई भेषबहादुर विक, रामबहादुर परियार सहित हत्यामा सघाएका थप ३ जनालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

    images

    बेहुलाको निम्तोमा सहभागी हुन गएका पुनलाई अभियुक्त भेषबहादु र रामबहादुरले विवाह घरबाट केही पछाडी बोलाएर पुरानो झगडालाई लिएर कुटपिट गर्दा अचेत भएपछि बराहथान स्थित मार्चुला सामुदायिक बनको ओडारमा लगेर पुरेका थिए ।

    कुटपिट गरी मृतकको घर नजिकै लगेर छोड्ने योजना बनाएपनि हात भाँचिएसँगै बाटोमै अचेत भएपछि बोकेर ओडारभित्र करिब २० मिटर तल ढुंगाले पुरेको अवस्थामा शब भेटिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।

    उनका अनुसार कुटपिट गरेर मात्रै छोड्ने योजना बनाएपनि अचेत भएपछि ओडारमा लागेर पुर्नुका साथै ओडार बाहिरको भाग समेत ढुंगाले बन्द गर्ने प्रयास गरेको बताए ।

    'पुरानो रिसिबी भएकै कारण हत्या भएको देखिन्छ,'घटनामा १५ बर्ष उमेरमा तीन बालकालाई समेत प्रयोग गरिएको छ' उनले भने । घटनामा १५ बर्ष उमेरमा तीन बालकालाई समेत प्रयोग गरिएको छ' उनले भने ।

    अभियुक्त भेषबहादुर विवाहमा सहभागी हुन पोखराबाट तीनजनालाई समेत लिएर आएको अवस्थामा घटना लगत्तै शब ब्यवस्थापनमा समेत प्रयोग गरेको पाइएको बताए ।

    घटना लगत्तै पोखरा पुगेका भेषबहादुरलाई पोखराको एक ग्रिल उद्योगबाट र रामबहादुरलाई गाउँबाटै नियन्त्रणमा लिइएको थियो ।

    घटनामा संलग्नले दुबैजनाले अपराध स्वीकारेका छन्‌ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology