Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङ जिल्लाभर जेठ ३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी

लमजुङ जिल्लाभर जेठ ३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २९, २०७८ बुधवार • ०९:४८:३१ बजे
  • 1.4K
    SHARES
  • लमजुङ जिल्लाभर जेठ ३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी

    लमजुङ। कोरोना संक्रमणको दोस्रो लहरले देश नै आंक्रान्त बनेपछी विभिन्न जिल्लाहरुमा निषेधाज्ञा नै जारी गरिरहेको छ । यसै गरी पछिल्लो समय गण्डकी प्रदेशको लमजुङ जिल्ला पनि संक्रमितको सङ्ख्या बढ्दै गएपछी जिल्ला प्रशासन कार्यालयले  जिल्लाभर लागू हुने गरी जेठ ३ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।

    images

    कोरोना संक्रमण फैलिँदै गएपछि मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको हो । कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले एक सातासम्को निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । एक साताअघि प्रशासनले राइनास नगरपालिका ७ र दूधपोखरी गाउँपालिका १ र २ मा निषेधाज्ञा जारी गरेको थियो ।

    प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार निषेधाज्ञा अवधिभर औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन् । एम्बुलेन्स, बिरामी बोकेका गाडी, निर्माण सामग्री ढुवानीका साधन, पशुपंक्षीका दाना बोकेका गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन बाहेक कुनै प्रकारका सार्वजनिक तथा निजी यात्रु तथा मालवाहक सावरी साधनसमेत सञ्चालन गर्न पाइने छैन ।

    अत्यावश्यक उपभोग्य वस्तु विक्री गर्ने खाद्यान्न तथा तरकारी पसल, पेट्रोल पम्म, ग्यास डिपो, औषधी पसल बाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ । खाद्यान्न तथा तरकारी पसल विहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाउने प्रशासनले जनाएको छ । यो अवधिमा धार्मिक, सांस्कृतिक, सामाजिक क्रियाकलाप, विवाह व्रतबन्ध लगायत कुनै प्रकारको जमघट तथा भेला भएर गर्नुपर्ने सबै प्रकारका क्रियाकलाप सञ्चालनमा रोक लगाएको छ ।

    निषेधाज्ञाको उल्लंघन गरेमा संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ एवं अन्य प्रचलित काननु बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology