Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१२ स्वास्थ्यकर्मीमा को'रोना स'ङ्क्र'मण,नागरिकलाई उपचार सेवा पाउन सकस

१२ स्वास्थ्यकर्मीमा को'रोना स'ङ्क्र'मण,नागरिकलाई उपचार सेवा पाउन सकस

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २९, २०७८ बुधवार • १०:२४:०० बजे
  • 1.2K
    SHARES
  • १२ स्वास्थ्यकर्मीमा को'रोना स'ङ्क्र'मण,नागरिकलाई उपचार सेवा पाउन सकस

    को'रोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा को'रोना स'ङ्क्र'मण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा को'रोना स'ङ्क्र'मण पुष्टि भएको बताए।

    images

    उनकाअनुसार स'ङ्क्र'मितमध्ये एक हेल्थ असिस्टेन्ट तथा अन्य अनमी छन्। स'ङ्क्र'मि'त स्वास्थ्यकर्मी सबैलाई होम आइसोलेशनमा राखिएका छन्। उनीहरुको अवस्था ज'टिल नभएको बताइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यहाँका जोरायलमा दुई, केआइसिंहमा तीन, आदर्शमा चार, बडिकेदारमा एक तथा पूर्वीचौकी गाउँपालिकामा दुई गरी १२ स्वास्थ्यकर्मीमा को'रोना स'ङ्क्र'मण देखिएको छ।

    स्वास्थ्यकर्मीमा को'रोना स'ङ्क्र'मण देखिएपछि यहाँका नागरिकलाई उपचार सेवा पाउन सकस भएको छ। को'रोना स'ङ्क्र'मितको उ'पचारमा खटिने स्वास्थ्यकर्मीलाई नै स'ङ्क्र'मण भएपछि अन्य बिरामीको उ'पचारमा समस्या भएको जिल्ला अस्पतालका फोकल पर्सन राजेन्द्र फुलाराले बताए। यसैगरी जिल्लाको जोरायल गाउँपालिका ५ गड्सेरामा रहेको इलाका स्वास्थ्य कार्यालयका दुई कर्मचारीमा को'रोना स'ङ्क्र'मण देखिएको छ।

    कर्मचारीमा स'ङ्क्र'मण देखिएपछि उक्त स्वास्थ्य संस्थाले प्रदान गर्दै आएको आकस्मिकबाहेकका अन्य सबै सेवा बन्द गरेको अनमी विधि भण्डारीको भनाइ छ। संस्थामा काम गर्ने दुई स्वास्थ्यकर्मीमा को'रोना पुष्टि भएको छ, आकस्मिकबाहेकका अन्य सेवा हामीले बन्द गरेका छौँ उनको भनाइ छ।

    उक्त स्वास्थ्य कार्यालयले एक सूचना सार्वजनिक गरी आगामी जेठ २ गतेसम्मका लागि आकस्मिकबाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ। स्वास्थ्य कार्यालयले सेवा बन्द गरेपछि स्वास्थ्य संस्थामा आउने दीर्घरोगी तथा सामान्य रुघाखोकी तथा ज्वरो आएका बिरामीलाई उ'पचारमा समस्या भएको स्थानीयवासी बताउँछन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology