धरान - स्थानीय अवरोधका कारण धरानका एक को'रोना सं'क्रमि'तको मृत्यु भएको १७ घण्टापछि अन्त्ये'ष्टि गरिएको छ । सं'क्रमण फैलिने भन्दै स्थानीयले अवरोध गरेपछि धरानका ती युवाको श'व ४० किलोमिटर टाढाको दुरीमा रहेको विराटनगरको सिंघिया खोलामा मंगलबार अपरान्ह पाँच बजे अन्त्ये'ष्टी गरिएको थियो । रातोपाटीले समाचर लेखेको छ ।
धरान वडा नं ३ का ४३ वर्षीय सं'क्रमित पुरुषको वीपी प्रतिष्ठान स्थित को'भिड अस्पतालमा राति १२ बजेर ४८ मिनेटमा मृ'त्यु भएको थियो । स्थानीय एवं ३ नं का सदस्य विकास वनेपालीले श'व धरानको कुनै दा'हसं'स्कार स्थलमा जलाउन स्थानीयले अवरोध गरेपछि आफन्तले विराटनगर लगेर दा'हसं'स्कार गरेको बताए ।
वडाका जनप्रतिनिधिहरुले समन्वय र पहल गरेपनि स्थानीयको विरोधको कारण धरानको दा'हसँ'स्कारस्थलमा श'व अन्त्ये'ष्टी गर्न नपाएको र अन्त्यमा बिराटनगर लानु परेको उनको भनाइ छ । उनका अनुसार धरानमा मात्र नभै, श'व इटहरी र चतराको घाटमा समेत अन्त्ये'ष्टी गर्न दिइएन ।
'सं'क्रमि'तको श'वलाई जनस्वास्थ्य सुरक्षा प्रोटोकल अपनाएर सुरक्षित तरिकाले अन्त्ये'ष्टि गर्नुपर्छ भन्ने माग जायज हो, तर श'वलाई परम्परा अनुसार दा'ह सँ'स्कारस्थलमा जलाउनै नदिने अ'मानवीय घट'ना धरानमा दोहोरिएको छ', उनले भने । चार दिनअघि धरानको खत्रीधारास्थित दा'ह संस्कारस्थलमा धरान १६ का एक सं'क्रमित पुरुषको श'व अन्त्ये'ष्टी गर्न लैजाँदा पनि स्थानीयले सं'क्रमण फैलनसक्ने भन्दै विरो'ध गरेका थिए। त्यसपछि, उक्त श'वलाई जंगलमा लगेर राती गाड्नु परेको थियो ।
सं'क्रमितको श'व अन्त्येष्टी गर्न नदिएको बारेमा नगर प्रमुख तिलक राईले यसअघि नै सरोकारवाला दाहसँस्कारस्थल, वन समुहहरुसँग छलफल गरेर निर्णय गरेको भएपनि अहिले फेरि स्थानीयको अवरोधले समस्या भएको बताइएको छ ।
यस बिषयमा सरोकारवालासँग आज थप छलफल गरी सहज वातावरण बनाउने मेयर राईले बताए ।