Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

(एसएसपी) राजेन्द्र अधिकारी

बलात्कार आरोप लागेका एसएसपी अधिकारीलाई दोस्रोपटक म्याद थप

बलात्कार आरोप लागेका एसएसपी अधिकारीलाई दोस्रोपटक म्याद थप

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७७ बिहिवार • ११:५१:३९ बजे
  • 4.1K
    SHARES
  • बलात्कार आरोप लागेका एसएसपी अधिकारीलाई दोस्रोपटक म्याद थप
    आश तमु ,  पोखरा - बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई दोस्रो पटक थप सात दिन म्याद थपिएको छ ।जिल्ला अदालत कास्कीले अधिकारीमाथि अनुसन्धान गर्न सात दिन म्याद थप गरेको हो ।

    एसएसपी अधिकारी सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामपाटन पोखराका प्रमुखको रुपमा कार्यरत थिए । उनलाई बलात्कार गरेको आरोपमा कास्की प्रहरीले असार ३१ पक्राउ गरेका थिए ।

    चितवनकी करिब २७ वर्षकी युवतीले आफूलाई अधिकारीले खाना खान बोलाएर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा ३१ असारमा फोनमार्फत जानकारी गराएकी थिइन् ।

    पीडित महिलालाई एसएसपी अधिकारीले खाना खान बोलाएर जबर्जस्ती करणी गरेको आरोप छ । घटनालगत्तै पीडित महिलाले बुधबार दिउँसो सवा २ बजे प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेपछि तत्कालै घटनास्थलमा प्रहरी पुगेको थियो ।

    एसएसपी अधिकारीलाई झाडीभित्र लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।युवतीले खानपिन गर्ने क्रममा आफूलाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको प्रहरीसमक्ष प्रारम्भिक बयान दिएकी छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology