कास्कीमा दिनहु कोरोना संक्रमित र दर बढे सँगै थप एक हप्ता निषेधाज्ञा थपेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले बुधवार जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ति जारी गर्दै जिल्लामा जेठ ७ गतेसम्म निषेधाज्ञा बढाइएको जानकारी दिएको हो।
प्रशासनले निषेधाज्ञामा थप कडाइ गरिने समेत जनाएको छ। कास्कीमा जेठ १ गतेबाट लागू हुनेगरि ७ गतेसम्म तेस्रो चरणको निषेधाज्ञा गरिने भएको हो। कास्कीमा पहिलो चरणमा बैशाख ७ देखि १३ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो। पहिलो चरणको निषेधाज्ञामा जोरविजोर गरी सार्वजनिक र निजी सवारीसाधन चलाउने अनुमति दिइएको थियो।
तर, जिल्लामा कोरोना संक्रमणको दर बढेसँगै प्रशासनले अत्यावश्यक बाहेक घरबाहिर ननिस्किन आग्रह गर्दै दोस्रो चरणमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो। प्रशासनले निषेधाज्ञा लागू गरेपनी संक्रमणमा कमी नआएपछि जेठ ७ सम्म निषेधाज्ञा लम्बाइएको हो।