Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सिलिण्डर नेपाल पठाउँदै

ओमान र मध्यपूर्वका एनआरएनले पठाएको ५५२ अक्सिजन सिलिण्डर नेपाल आउदै

ओमान र मध्यपूर्वका एनआरएनले पठाएको ५५२ अक्सिजन सिलिण्डर नेपाल आउदै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३०, २०७८ बिहिवार • २२:१५:४३ बजे
  • 2.2K
    SHARES
  • ओमान र मध्यपूर्वका एनआरएनले पठाएको ५५२ अक्सिजन सिलिण्डर नेपाल आउदै

    कोभिडको दोश्रो चरणको लहरले नेपालमा अक्सिजनको चरम अभाव हुन थालेपछि नेपाली दूतावास ओमान,एनआरएन ओमान र मध्यपूर्वमा रहेका एनआरएन नेपालीहरुले ५५२ थान अक्सिजन सिलिण्डर नेपाल पठाउने भएका छन् । 

    images

    यसै विषयमा राजदूत श्री सर्मिला पराजुली ढकालले ओमानस्थित सक्रृय नेपाली संघ संस्थाका प्रतिनिधिहरूसँग भिडियो कन्फरेन्स आयोजना गर्नु भएको थियो । नेपाली दूतावास ओमानको सहकार्यमा ओमानबाट ४० लिटर क्षमताका सिलिण्डर नेपाल पठाउन प्रकृया अगाडि बढिसकेको आज ओमान स्थित रहेका नेपाली संघ संस्था र नेपाली दूतावासले आयोजना गरेको भर्चुअल मिटिङ्गमा जानकारी राजदूत श्री सर्मिला पराजुली ढकालले जानकारी दिनु भयो ।

    अहिलेसम्म सबै ओमान स्थिति रहेका नेपालीहरुले दूतावास संग हातेमालो गर्दै आएको छ्, आगामी दिनमा पनि यो कार्यलाई निरन्तर दिन उहाले अनुरोध गर्नु भयो । उक्त छलफल कार्यक्रममा एन्आरएन ओमान तथा नेपाली सोसल क्लवका अध्यक्ष श्री विकल झा, प्रवासी नेपाली एकता मञ्च ओमानका अध्यक्ष श्री उमेश विक, नेपाली जनसम्पर्क समिति ओमानका अध्यक्ष श्री शालिकराम चापागाई, ओमान नेपाली एकता समाजका अध्यक्ष श्री छविलाल बस्नेत, नेपाली समाजका दिल रोक्का , तामाङ समाज ओमानका अध्यक्ष अनिता तामाङ,मगर समाज ओमानका अध्यक्ष श्री यमु थापा मगर, विवेकशील नेपाली ओमानका श्री राजेन्द्र सिलवाल , म्याग्दी प्रवासी संघ ओमानका श्री पूर्ण विक पहाडी, सगरमाथा समाजका श्री भिम निरौला, गुल्मी समाज ओमानका श्री दुर्गा प्रसाद ढकाल, बुद्धभिजन ओमानको ओमकार तामाङ बाग्लुङ समाजका अध्यक्ष श्री खेम खड्काथोकी,प्रवासी नेपाली मञ्च केपि समुहका विष्णु चौलागाईं, प्रवासी नेपाली मञ्च माधब समुहका लिलानाथ कोइराला, व्यापारी मुन्ना बाबू परियारको उपस्थिति रहेको थियो ।

    उपस्थिति सबै संघ सस्थाले नेपाल पठाउन लागिएको अक्सिजन सिलिन्डरको लागी सकेको सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । ‘कोभिडको विषम परिस्थितिमा सिंगो मध्यपूर्वका नेपालीको अभियान, अक्सिजन सिलिन्डर मार्फत दैनिक १२ सय नेपालीलाई जीवनदान’ भन्ने नाराका साथ एनआरएन मध्यपूर्वले अभियान थालेको थियो । ‘

    अहिले नेपालमा कोरोना संक्रमितले हस्पिटलमा बेंड नपाएर छटपटाई छटपटाई ज्यान गुमाउनु परेका हृदयविदारक अवस्था छ भने अक्सिजनका सिलिंडरको अभावले गर्दा बचाउन सकिनेको पनि ज्यान गइरहेको छ।

    आजको यो स्थितीमा हामी मध्यपूर्वबासी नेपालीले १५ तारिक नेपाल एयरलाइन्स बाट अक्सिजनका सिलिंडर नेपाल पठाउन अहिले प्याकिङ्ग गर्ने काम भएको एनआरएन ओमानका अध्यक्ष विकल झाले मयूरपाटीलाई बताए । ६०० पठाउने भनेकोमा जहाजले लैजान नसक्ने भन्ने कुरा आयो त्यसैले लैजान मिल्ने गरि तयारी गर्दा ५५२ वटा अहिलेसम्म पक्का भएको छ । बाकी केही तलमाथि पनि हुन सक्छ ।

    मध्यपूर्वमा रहेका एनआरएन एनसीसी, नेपाली संघसंस्था तथा सहयोगी हातहरुबाट रकम उठाएर पहिलो चरणमा नेपालमा अक्सिजन सिलिण्डर पठाउन लागिएको एनआरएन प्रवक्ता डिबि क्षेत्री जानकारी दिए । ‘हामीले एनआरएन आइसीसीको कार्यक्रम अन्तर्गत मध्यपूर्वबाट छुट्टै अभियान थालेका छौं, यो सहयोगले केही हदसम्म टेवा पुग्ने आशा राखेका छौं’ प्रवक्ता डिबि क्षेत्री बताए ।

    अहिले नेपालमा अक्सिजन उत्पादन भएता पनि सिलिण्डर अभाव हुँदा विरामीले अक्सिजन पाउन सकेका छैनन् । ओमानमा सिलिण्डर खरिदका लागि प्रकृया अगाडि बढिसकेको र नेपाली दूतावास ओमानले सहजीकरण गरिदिएको जानकारी एनआरएन प्रवत्ता तथा एनआरएन ओमानका संस्थापक अध्यक्ष डिबी क्षेत्रीले जानकारी दिए ।

    एनआरएनएले कोरोना महामारीमा विभिन्न सहयोग कार्यक्रम ल्याइरहँदा एनआरएन मध्यपूर्वले तत्काल सिलिण्डर पठाउने अभियान थाल्दा अन्य क्षेत्रबाट पनि सहयोग गर्नुपर्ने आवश्यकता छ । एनआरएन ओमानका संरक्षक सेवान्त पुर्जा पुन, , एनआरएन ओमानका अध्यक्ष बिकल,एनआरएन प्रवक्ता डिबि क्षेत्रीले मध्यपूर्वमा रहेका आम नेपालीलाई नेपालमा अक्सिजन सिलिण्डर पठाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । कोरोना विरामीले अक्सिजन अभावबाट मृत्यु हुन नपरोस् भन्ने मध्यपूर्वको अभियानमा सबैको साथ र सहयोगको जरुरी छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology