Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा एकैघरका तीन जनाको को'रोना स'ङ्क्र'मणबाट मृ'त्यु

बागलुङमा एकैघरका तीन जनाको को'रोना स'ङ्क्र'मणबाट मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३१, २०७८ शुक्रवार • ०९:५२:२२ बजे
  • 1.3K
    SHARES
  • बागलुङमा एकैघरका तीन जनाको को'रोना स'ङ्क्र'मणबाट मृ'त्यु

    बागलुङ । बागलुङको बडिगाड गाउँपालिका ४ मा एकैघरका तीन जनाको कोरोना स'ङ्क्र'मणबाट मृ'त्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृ'त्यु भएको हो। 

    images

    बडिगाड ४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै स'ङ्क्र'मित भएका थिए। मृ'त्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन्।

    स्वास्थ्य कार्यालयका अनुसार मृ'त्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन्। उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृ'त्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए।

    एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृ'त्यु भएको छ।

    यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ। अधिकांश मानिस ड'राएका छन्।

    गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ। प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology