तनहुँ । टिपरको ठ'क्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृ'त्यु भएको छ । दोलखा जिल्ला घर भई हाल इञ्जिनियरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृ'त्यु भएको हो ।
सोही मोटरसाइकलमा सवार एकजना स'ख्त घा'इते भएको प्रहरीले जनाएको छ । जिल्लाको डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको वाग्मती प्रदेश २ ०१८प ७८९३ नम्बरको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग १ क २८७७ नम्बरको टिपरले आँबुखैरेनी गाउँपालिका २ खानीखोलास्थित पृथ्वीराजमार्गमा ठ'क्कर दिँदा सो दु'र्घटना भएको हो ।
टिपरले बिहीबार साँझ मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका चालक बुढाथोकीको तत्कालै उद्धार गरी पुरानो मेडिकल अस्पताल भरतपुर लगिएकामा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त मोटरसाइकलमा पछाडि सवार रामेछाप जिल्ला गोकुलगङ्गा ४ बस्ने सोही पल्टनमा कार्यरत सिपाही २० वर्षीय अनिल खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलाई ठ'क्कर दिई फरार रहेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।