विराटनगरमा को'रोना 'संक्र'मणबाट आमा छोराको मृ'त्यु भएको छ । विराटनगर महानगरपालिका वडा न ६ का ६० बर्षीय आमा र ४२ बर्षीय छोराको मृ'त्यु भएको हो ।
वैशाख १६ गते को'रोना सं'क्र'मण पु'ष्टि भएकी आमाको उपचारको क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ साढे ७ बजे मृ'त्यु भएको थियो । बिहीबार आमाको अ'न्त्ये'ष्टि नसकिंदै दिउँसो २ बजे उनका ४२ वर्षीय छोराको पनि मृ'त्यु भएको हो । दुवै जनाको विराटनगर अस्पतालमा मृ'त्यु भएको हो ।
मृतकका बुबा पनि सं'क्रमि'त छन् ।
बागलुङमा एकैघरका तीन जनाको को'रोना स'ङ्क्र'मणबाट मृ'त्यु, विवाहभोज खाएकाहरू नै स'ङ्क्र'मित
बागलुङको बडिगाड गाउँपालिका ४ मा एकैघरका तीन जनाको कोरोना स'ङ्क्र'मणबाट मृ'त्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृ'त्यु भएको हो।
बडिगाड ४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै स'ङ्क्र'मित भएका थिए। मृ'त्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन्।
स्वास्थ्य कार्यालयका अनुसार मृ'त्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन्। उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृ'त्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए।
एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृ'त्यु भएको छ।
यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ। अधिकांश मानिस ड'राएका छन्।
गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ। प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ।