पोखरा - गोरखामा थप दुई साता निषेधाज्ञा लम्बाउने भएको छ । बिहीबार सम्पन्न जिल्ला स्तरीय को'भिड विपत व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
गोरखामा बिगत १५ दिनयता को'भिडका बिरामी उल्लेख्य मात्रमा बढेको बैठकले निष्कर्ष निकालेको र सो को रोकथामका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
यसअघिको निषेधाज्ञा भन्दा अब हुने निषेधाज्ञालाई थप कडाइ गर्ने पनि निर्णय भएको उनले बताए। दोस्रो चरणको को'भिड सं'क्रमण फैलन थालेपछि गोरखामा अहिलेसम्म पाँचसय ५० भन्दा धेरै सं'क्रमित भइसकेका छन्।
तनहुँमा दुई साता निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला प्रशासन प्रशासन कार्यालय तनहुँमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जोखिम झन्झन् बढ्दै गएको र संक्रमण फैलने सम्भावना रहेको भन्दै भोलिबाट थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।
प्रशासनले यसै आधारमा जेष्ठ १ राती १२ भए देखि १५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।