Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा थप दुई साता जेठ १५ गतेसम्म निषेधाज्ञा लम्बाउने

तनहुँमा थप दुई साता जेठ १५ गतेसम्म निषेधाज्ञा लम्बाउने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३१, २०७८ शुक्रवार • १४:३३:४६ बजे
  • 1.0K
    SHARES
  • तनहुँमा थप दुई साता जेठ १५ गतेसम्म निषेधाज्ञा लम्बाउने

    तनहुँ- तनहुँमा थप दुई साता निषेधाज्ञा लम्बाउने भएको छ ।शुक्रवार सम्पन्न जिल्ला स्तरीय को'भिड विपत व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

    images

    तनहुँमा को'भिडका बिरामी उल्लेख्य मात्रमा बढेको बैठकले निष्कर्ष निकालेको र सो को रोकथामका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए।

    यसअघिको निषेधाज्ञा भन्दा अब हुने निषेधाज्ञालाई थप कडाइ गर्ने पनि निर्णय भएको उनले बताए। दोस्रो चरणको को'भिड सं'क्रमण फैलन थालेपछि तनहुँ ३४८ जना सक्रिय केश रहेका छन्।

    गोरखामा थप दुई साता निषेधाज्ञा लम्बाउने

    पोखरा - गोरखामा थप दुई साता निषेधाज्ञा लम्बाउने भएको छ । बिहीबार सम्पन्न जिल्ला स्तरीय को'भिड विपत व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

    गोरखामा बिगत १५ दिनयता को'भिडका बिरामी उल्लेख्य मात्रमा बढेको बैठकले निष्कर्ष निकालेको र सो को रोकथामका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

    यसअघिको निषेधाज्ञा भन्दा अब हुने निषेधाज्ञालाई थप कडाइ गर्ने पनि निर्णय भएको उनले बताए। दोस्रो चरणको को'भिड सं'क्रमण फैलन थालेपछि गोरखामा अहिलेसम्म पाँचसय ५० भन्दा धेरै सं'क्रमित भइसकेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology