बागलुङ। बागलुङमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृ'त्यु भएको छ ।
शुक्रबार जिल्लाको निसीखोला गाउँपालिका २ काल्नेचौरमा घर नजिकै माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्काले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर र उनकी १२ वर्षीय माइलो छोरा सुरेश कुँवरको मृ'त्यु भएको निसीखोला गाउँपालिका २ का अध्यक्ष कुविर विकले जानकारी दिए ।
माटोले पुरिएका आमा छोराको केही बेरमै स्थानीयले उद्धारको प्रयास गरे पनि बचाउन नसकिएको अध्यक्ष विकले बताए ।