Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनसरीमा जेठ १५ गतेसम्म पूर्ण लकडाउन, शनिवारदेखि नेपाली सेना परिचालन

सुनसरीमा जेठ १५ गतेसम्म पूर्ण लकडाउन, शनिवारदेखि नेपाली सेना परिचालन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०७८ शनिवार • ११:०२:१५ बजे
  • 1.7K
    SHARES
  • सुनसरीमा जेठ १५ गतेसम्म पूर्ण लकडाउन, शनिवारदेखि नेपाली सेना परिचालन

    धरान : सुनसरीमा को'रोना सं'क्रमि'तको संख्या अत्याधिक पुगेपश्चात स्थानीय प्रशासनले जेठ १५ गतेसम्म जिल्ला भर पूर्ण लकडाउन घोषणा गरेको छ। यस अगाडि लकडाउनमा सर्वसाधारणले खासै चासो नराखेपश्चात सुनसरीमा शनिवारदेखि नेपाली सेना परिचालन गरिएको छ। यो समाचार रत्नप्रसाद आचार्यले आन्नपुर्ण पोष्टमा लेखेका छन ।

    images

    सुनसरीमा लकडाउन कडा बनाउन शनिबारदेखि नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए। सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सेना परिचालन गरिएको उनले बताए।

    लकडाउन नियन्त्रणमा जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दासमेत सुरक्षाकर्मीहरुको संख्या कम देखिएकाले आवश्यकताअनुसार तीनवटा स्थानीय तहमा सेना परिचालन गर्नुपरेको प्रजिअ ढकालको भनाई छ। लकडाउन नियन्त्रण गर्न परिचालन गरिएका सेनाका जवानहरुले रचनात्मक तरिकाले लकडाउन नियन्त्रणको काम गर्ने पनि प्रजिअ ढकालले बताए।

    सेनाले धरान, इटहरी र इनरुवामा मूख्य बजार क्षेत्र, अति भीड हुने स्थान र राजमार्गमासमेत नियमित गस्ती गर्ने बताइएको छ। यस अगाडि बैशाख ३१ गतेसम्म गरिएको लकडाउनमा सुनसरीका धरान, इटहरी र इनरुवाका बासिन्दाले लककडाउनलाई पूर्ण पालना नगरेपश्चात जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सेना परिचालन गर्ने निर्णय गरिएको प्रजिअ ढकालले बताए। जेठ १५ सम्म गरिएको पूर्ण लकडाउनमा मेडिकल, एम्बुलेन्स र अतिआवश्यकबाहेकका सबै सेवा बन्द गर्ने गरिएको छ।

    पूर्ण लकडाउनको समयमा जो कसैबाट उलघंन गरिए सं'क्रमण ऐन अनुसार पक्राउ गरी कार्वाहि गर्न प्रहरीलाई निर्देशनसमेत दिएको प्रजिअ ढकालले बताए।

    उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष गिरीधारी सापकोटाले स्थानीय प्रशासनको आग्रहलाई मध्यनजर गर्दै पूर्ण लकडाउनको समयमा सुनसरीका सबै बजार, पसल, उद्योग, कलकारखाना सबै बन्द गरिएको बताए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology