Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कास्कीमा निषेधाज्ञामा कडाई,पहिलो दिन मात्रै ८०० जना मानिसहरुलाई कारवाही

कास्कीमा निषेधाज्ञामा कडाई,पहिलो दिन मात्रै ८०० जना मानिसहरुलाई कारवाही

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १, २०७८ शनिवार • १४:३३:३९ बजे
  • 1.5K
    SHARES
  • कास्कीमा निषेधाज्ञामा कडाई,पहिलो दिन मात्रै ८०० जना मानिसहरुलाई कारवाही

    पोखरा - कोरोना संक्रमित र मृत्युदर बढ्दै गएपछी कास्कीमा थप जेठ ७ गते सम्म बढाएको निषेधाज्ञालाई कडाइका साथ पालना गरिएको छ ।

    images

    जिल्ला प्रशाशन कार्यालय कास्कीले जेठ १ गतेबाट जारी गरेको तेस्रो चरणको निषेधाज्ञाको पहिलो दिन मात्रै ८०० जना मानिसहरुलाई कारवाही गरेको छ । विना काम हिड्ने तथा कार्यस्थलमा जान हिँडेका मजुदरलाई समेत रोक लगाइएको छ ।

    प्रशासनले शानिबारदेखि उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने आदेश जारी गरेकाले कार्यस्थलमा जान हिडेँका व्यक्तिलाई समेत रोक लगाइएको कास्की प्रहरी प्रमुख, एसपी जीवन कुमार श्रेष्ठले बताउनुभयो ।

    पहिलो दिन भएकाले २ घण्टा होल्ड गराएर प्रशासनको आदेश र कोरोना संक्रमणको जोखिमको बारेमा सम्झाएर पठाइएको उहाँको भनाइ छ । त्यसबाहेक अनावश्यक हिडडुल गर्ने पैदल यात्री तथा साइकल यात्रीलाई होल्ड गराएर चेतावनी दिइएको श्रेष्ठले बताउनुभयो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology