Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पोखरामा शनिवार एक जनाको होम आइसोलेसन र अन्य १२ को विभिन्न अस्पतालमा गरी १३ जनाको मृत्यु

पोखरामा शनिवार एक जनाको होम आइसोलेसन र अन्य १२ को विभिन्न अस्पतालमा गरी १३ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १, २०७८ शनिवार • १६:२१:१७ बजे
  • 4.9K
    SHARES
  • पोखरामा शनिवार एक जनाको होम आइसोलेसन र अन्य १२ को विभिन्न अस्पतालमा गरी १३ जनाको मृत्यु

    पोखरामा शनिवार थप १३ जनाको मृत्यु भएको छ । यसै गरी गोरखमापनि एक जना गरी गण्डकी प्रदेश भर १४ जनाको मृत्यु भएको हो । मृतकहरुमा ५ महिला रहेका छन भने ७ जना पुरुष रहेका छन । पोखरामा एक जना कोरोना संक्रमितको होम आइसोलेसनमै भएको हो ।

    images

    अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५५ पुगेको छ । गण्डकी प्रदेशमा थप मृत्यु भएका १४ जना मृतकको विवरण तपशिल बमोजिम रहेको छ।

    १, म्याग्दी जिल्ला, बेनी नगरपालिका - ५ की ४५ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०१/३ १ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२५ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    २, तनहुँ जिल्ला, भिमाद नगरपालिका - ५ की २२ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    ३, पर्वत जिल्ला, जलजला गाउँपालिका -४ का ५५ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०१/३१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    ४, स्याङजा जिल्ला, अर्जुनचौपारी गाउँपालिका -१ का ७० बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०१/३१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    ५, कास्की जिल्ला, पोखरा महानगरपालिका - २ की ३९ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०१/३१ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    ६, पर्वत जिल्ला, कुश्मा नगरपालिका - १२ की ५२ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०१/३१ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ। वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो

    ७, कास्की जिल्ला, पोखरा महानगरपालिका - १४ का ५२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०१ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    ८, गोरखा जिल्ला, शहिद लखन गाउँपालिका - ४ का ४२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०१/३१ गते गोरखा अस्पताल, गोरखामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो

    ९, कास्की जिल्ला, पोखरा महानगरपालिका - १४ का ४९ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०१/३१ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२५ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    १०, स्याङजा जिल्ला, वालिङ नगरपालिका -६ का ७८ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०१/३१ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    ११, कास्की जिल्ला, पोखरा महानगरपालिका - १४ का जिया कोरोना संक्रमित पुरूषको मिति २०७८/०१/३१ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    १२, पर्वत जिल्ला, फलेबास गाउँपालिका - ५ की ३२ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०१ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    १३, कास्की जिल्ला, पोखरा महानगरपालिका - ८ का ४२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/० २/०१ गते संक्रामक तथा सरूवा रोग अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    १४, कास्की जिल्ला, पोखरा महानगरपालिका - ३० का ५२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०१/३१ गते होम आइसोलेसनमा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology