Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गैरआवासीय नेपाली सङ्घ

ओमानबाट गैरआवासीयले पठाएको ५६० थान अक्सिजन सिलिण्डर नेपाल आइपुग्यो

ओमानबाट गैरआवासीयले पठाएको ५६० थान अक्सिजन सिलिण्डर नेपाल आइपुग्यो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १, २०७८ शनिवार • २२:५५:५७ बजे
  • 2.7K
    SHARES
  • ओमानबाट गैरआवासीयले पठाएको ५६० थान अक्सिजन सिलिण्डर नेपाल आइपुग्यो

    पोखरा - ओमानको मस्कटबाट गैरआवासीयले पठाएको ५६० थान अक्सिजन सिलिण्डरलाई नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ल्याएको छ ।

    images

    गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर निगमको वाइड बडी ए ३३० जहाजले साँझ काठमाडौँ ल्याएको हो ।

    अक्सिजन सिलिण्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो । यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी जहाज राति ११ बजे त्यसतर्फ जाँदैछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology