तस्विर : सरोज तामाङ पोखरा
आश तमु पोखरा - कोरोना कहरको दोस्रो लहरमहामारीका बीच बिरामीहरुको उपचारमा रगतको अभाव हुन नदिन सामाजिक सञ्जाल फेसबुकबाट जमेको फ्रेस ब्लड डोनर नामक संस्थाले देशका बिभिन्न स्थानमा रक्तदान अभियानलाई निरन्तरता दिइरहेको छ । अघिल्लो वर्ष कोरोना कहरकै बीच सुरु भएको अभियान अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सञ्चालन भइसकेको छ ।
यसैबीचशनिवार पोखराको मानव अधिकार चोकमा भएको रक्तदानमामा ३५ जनाले रक्तदान गरेको प्रेस ब्लड् डोनरका संयोजक अभियान्ता हरि ढकालले जानकारी दिए । कोरोनाको बेलामा कोहीपनि बिरामी रगतको अभावले मर्न नपरोस् भनेर अभियान चलाएको उनले बताएका छन ।
ढकालका अनुसार फेसबुक ग्रुप फ्रेस ब्लड डोनरमा अहिलेसम्म ३० हजार भन्दा बढी सदस्य जोडिएका छन् । रक्तदानको अभियानले निरन्तरता पाइरहनेछ , संयोजक ढकालले भने । उनले मानवजीवन रक्षाका निम्ती सबैले आफ्नो स्थानबाट सकेको सेवा गर्नुपर्ने समेत बताए ।
आइतबार दिउँसो ३ बजे पोखराको विन्ध्यवासिनी मन्दिर पार्किङ परिसरमा रक्तदान कार्यक्रम रहेको उनले जानकारी दिए।
शनिबार सम्पन्न रक्तदान कार्यक्रममा रक्तदान कार्यक्रममा नागरिक समाज कास्कीका अगुवा बिष्णुप्रसाद बराल, एस हेल्पिङ हेन्डस् संस्थाका सञ्चालक दीनेश थापा, आँधिखोला गाउँपालिका सम्धि खोलाका निर्मल थापा, अमृत थापा, चिलाउनेबासका कृष्ण क्षेत्री, दीपक पौडेल, पुतलीबजार स्याङ्जाबाट महेन्द्र थापा लगायतका सदस्यहरु सहभागी थिए ।