Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पत्रकारको कार्ड र प्रेस ज्याकेट लगाई ला'गुऔ'षध कारोवार, एक जना पक्राउ

पत्रकारको कार्ड र प्रेस ज्याकेट लगाई ला'गुऔ'षध कारोवार, एक जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २, २०७८ आइतवार • ११:११:४७ बजे
  • 1.5K
    SHARES
  • पत्रकारको कार्ड र प्रेस ज्याकेट लगाई ला'गुऔ'षध कारोवार, एक जना पक्राउ

    पोखरा - प्रेस कार्ड र प्रेस ज्याकेटको दुरुपयोग गरी ला'गुऔ'षध ओसारपोसार गर्ने एक युवा पक्राउ परेका छन । कञ्चनपुर शुक्लाफाँट नगरपालिकाका २५ वर्षीय युवा नरेन्द्र प्रसाद जोशीलाई प्रेस कार्ड र प्रेस ज्याकेटको दुरुपयोग गरी ला'गुऔ'षध ओसारपोसार गर्ने पक्राउ गरेको हो ।

    images

    शनिबार सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती टोलीले बेल्डाँडी गाउँपालिकाको वैवाहस्थित सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । उनको साथमा ला'गुऔ'षध खैरो हिरोइन भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए ।

    उनीसँग रहेको ७ ग्राम खैरो हि'रोइन, एउटा क्यामेरा, दुईवटा मोबाइल, विभिन्न बैँकका पाँच वटा चेक, एउटा एटीएम कार्ड, एउटा मोटरसाइकल र सुदूर खबरपत्रिकाको परिचयपत्र समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानसहित जोशीलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology