सिरहा । मोटरसाइकलको चेनमा सेल बेरिन पुग्दा एक महिलाको मृत्यु भएको छ । सिरहा गोलबजार नगरपालिका १ हर्कटी चोकमा दुर्घटना हुदाँ घटनास्थलमै सोही नगरपालिका ५ थारु टोल बस्ने निरु देवी शाहको मृत्यु भएको हो ।
उनका श्रीमान राजेश्वार साहले चलाएको स १० प ४५२२ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
यो पनि : काठमाडौंमा तास खेलिरहेका १३ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-२० रामघाट बस्ने मैयाश्वरी पुजारीको घरमा तास खेलिरहेको अवस्थामा ६ जना पुरुष र ७ जना महिला गरी १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
मैयाश्वरीको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय ८५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।